Kathmandu Press

आज उम्मेदवारको नामावली प्रकाशन

बुधबार १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । बुधबार नै ३ बजेभित्र उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यातालिका छ  ।
आज उम्मेदवारको नामावली प्रकाशन

काठमाडौं, असोज २५ : प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै छ । आज साँझ ५ देखि ७ बजेसम्म उमेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।  

बुधबार १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । बुधबार नै ३ बजेभित्र उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यातालिका छ  ।
    
उम्मेदवारका विरुद्ध आयोगले सोमबार १० देखि ३ बजेसम्म उजुरी दिन सकिने समय छुट्याएको थियो । मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने आयोगले व्यवस्था मिलाएको थियो ।  

आयोगमा परेको उजुरीमाथि सोमबार ३ बजेदेखि मंगलबार ५ बजेसम्म उजुरीको जाँचबुझ हुने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।  

उनका अनुसार आयोगमा कूल ५ हजार ९६८ उमेदवारी दर्ता भएको छ । 

प्रतिनिधिसभाको १६५ वटा निर्वाचन क्षेत्रका लागि २५ सय १३ जनाको उम्मेदवारी दर्ता भएको सहायक प्रवक्ता अर्यालले जानकारी दिए । 

प्रदेशसभातर्फ ३४ सय ५५ जनाको उमेदवारी दर्ता भएको आयोगले जनाएको छ । उम्मेदवारी दिनेको विवरण अद्यावधिक भइरहेको आयोगले जनाएको छ  । 

प्रकाशित मिति: ०७:२१ बजे, मंगलबार, असोज २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्