Kathmandu Press

सत्यमोहन जोशीको अवस्थामा सुधार भएन 

सो अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभई अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सत्यमोहन जोशीको अवस्थामा सुधार भएन 

काठमाडौं, असोज २४ः वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ ।

सो अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभई अवस्था चिन्ताजनक रहेको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

जोशीको गत असोज २३ गतेदेखि छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मुटुको चालसम्बन्धी समस्या देखापरेकाले सो नियन्त्रणका लागि सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: २०:२५ बजे, सोमबार, असोज २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्