Kathmandu Press

राष्ट्रपतिले दिइन् सागमा पदक जित्ने नेपाली खेलाडीलाई बधाई

काठमाडौं, मंसिर २५ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णसहित पदक जित्ने खेलाडीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छिन्। <....

राष्ट्रपतिले दिइन् सागमा पदक जित्ने नेपाली खेलाडीलाई बधाई
फाइल

काठमाडौं, मंसिर २५ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णसहित पदक जित्ने खेलाडीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छिन्। 

राष्ट्रपति भण्डारीले बुधबार ट्वीटरमा ट्वीट गर्दै सागमा पदक जित्न सफल नेपाली खेलाडीहरुलाई बधाई दिएकी हुन्। उनले प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल पदाधिकारीप्रति पनि आभार प्रकट गरेकी छिन्। 

राष्ट्रपति भण्डारीले सागको सफल आयोजना गरेकोमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, प्रशिक्षक, निर्णायकलगायत सम्बद्ध सबैलाई धन्यवाद पनि दिएकी छिन्।

उनले प्रतियोगिताबाट दक्षिण एशियाली मुलुक र जनताबीचको सम्बन्ध थप प्रगाढ भएको महसुस आफूले गरेको पनि बताएकी छिन्।
 

प्रकाशित मिति: १६:०० बजे, बुधबार, मंसिर २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्