Kathmandu Press

५ हजार ९ सय ६८ उम्मेदवारी दर्ता, अन्तिम नामावली बुधबार प्रकाशन गरिने 

प्रतिनिधिसभाको १ सय ६५ वटा निर्वाचन क्षेत्रका लागि हालसम्म २५ सय १३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बताए । 
५ हजार ९ सय ६८ उम्मेदवारी दर्ता, अन्तिम नामावली बुधबार प्रकाशन गरिने 

काठमाडौं, असा्ज २४ : प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ मा हुने निर्वाचनका लागि कुल ५ हजार ९ सय ६८ उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभाको १ सय ६५ वटा निर्वाचन क्षेत्रका लागि हालसम्म २५ सय १३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बताए । 

त्यस्तै, प्रदेशसभातर्फ ३४ सय ५५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । उम्मेदवारी दिनेको विवरण अद्यावधिक भइरहेको आयोगले जनाएको छ  । उमेदवारका विरुद्ध आयोगले सोमबार १० देखि ३ बजेसम्म उजुरी दिन सकिने समय छुट्याएको थियो । 

मनोनयन दर्ता भएका कुनै पनि उमेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने आयोगले जनाएको छ । उजुरी परेपछि सोमबार ३ बजेदेखि मंगलबार ५ बजेसम्म उजुरीको जाँचबुझ हुने अर्यालले बताए । मंगलबार साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने सहायक प्रवक्ता अर्यालले जानकारी दिए । 

बुधबार १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । त्यही दिन (असोज २६) ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम छ  ।

प्रकाशित मिति: १८:३३ बजे, सोमबार, असोज २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्