सत्यमोहन जोशीको स्वास्थ्यमा केही सुधार
स्वास्थ्यमा समस्या देखिएपछि १८ दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनमा डेंगु पनि पुष्टी भएको छ।
काठमाडाैं, असाेज २४ : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा केही सुधार भएको छ। आइतबारभन्दा स्वास्थ्यमा केही सुधार भएपनि अवस्था खतरामुक्त नरहेको अस्पतालले जनाएको छ।
आइतबार मुटुको चाल बढेपछि जोशीलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ । उनको किस्ट अस्पताल उपचार भइरहेको छ। उच्च मात्रमा अक्जिन दिइएका कारण उनको केही सुधार भएको अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले बताए।
स्वास्थ्यमा समस्या देखिएपछि १८ दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनमा डेंगु पनि पुष्टी भएको छ।
भर्ना भएको सात दिनमा जोशीको स्वास्थ्य सुधार आएको थियो । कमजोरीका कारण उनी अस्पतालमै बसेर उपचार गराइरहेका थिए।
जोशीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन आइतबारदेखि नै दैनिकरुपमा बुलेटिन निकाल्न थालिएको अस्पतालले जनाएको छ । एक सय तीन वर्षीय संस्कृतिविद् जोशीले नेपालको सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन्।











