Kathmandu Press

बागी उठेकालाई उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्रको निर्देशन 

बागी उठेकालाई उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्रको निर्देशन 

विराटनगर, असोज २४ : नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ समितिले गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।

माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले आज एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएका हुन् । उनले पार्टी निर्णयविरुद्ध कदम नचाल्न पनि अनुरोध गरेका छन्। 

‘पार्टी र गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने समयमै उम्मेदवारी फिर्ता गर्न र पार्टी निर्णयविरुद्ध कदम नचाल्न अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनका विपक्षी उम्मेदवारलाई प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग पुग्ने गतिविधिमा पनि संलग्न भएमा पार्टीले अनुशासनको कारबाही गर्ने व्यवहोरा जानकारी गराउँदछौँ।’
    
प्रदेश अध्यक्ष नेम्वाङले अहिलेको गठबन्धन सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्धका गतिविधिलाई परास्त गर्न भएको पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति: १५:४४ बजे, सोमबार, असोज २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्