Kathmandu Press

यू–१५ महिला साफ : नेपालले पहिलो खेल भुटानसँग खेल्ने

नोभेम्बर १ देखि ११ सम्म हुने प्रतियोगितामा नेपाल, भुटान र बंगलादेश गरी तीन टिम सहभागी छन्। प्रतियोगिता डबल राउन्डरोबिन लिगका आधारमा हुनेछ।
यू–१५ महिला साफ : नेपालले पहिलो खेल भुटानसँग खेल्ने

काठमाडाैं, असाेज २४ : यू–१५ महिला साफ च्याम्पियनिसपको तालिका सार्वजनिक भएको छ। साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले बंगलादेशमा हुने प्रतियोगिताकोृ तालिका सोमबार सार्वजनिक गरेको हो।

नोभेम्बर १ देखि ११ सम्म हुने प्रतियोगितामा नेपाल, भुटान र बंगलादेश गरी तीन टिम सहभागी छन्। प्रतियोगिता डबल राउन्डरोबिन लिगका आधारमा हुनेछ। लिगको शीर्ष टिम च्याम्पियन बन्ने छ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बंगलादेश र भुटान खेल्न छन्। नेपालले पहिलो नोभेम्बर ३ मा भुटानसँग खेल्ने छ। यस्तै, नोभेम्बर ५मा बंगलादेश, नोभेम्बर ९मा भुटान र नोभम्बर ११ मा बंगलादेशसँग नोभेम्बर ११ मा खेल्नेछ।

मुख्य प्रशिक्षक भगवती रानामगरको ३० खेलाडीलाई राखेर बन्द प्रशिक्षण गराइरहेकी छिन्।

प्रकाशित मिति: १५:३४ बजे, सोमबार, असोज २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्