Kathmandu Press

उड्डयनमन्त्रीकै जिल्लामा पनि परीक्षण भयाे, उडान तयारी भएन

काठमाडौं, मंसिर २५ : नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले आन्तरिक उडानका केही विमानस्थलमा परीक्षण उडान ....

उड्डयनमन्त्रीकै जिल्लामा पनि परीक्षण भयाे, उडान तयारी भएन

काठमाडौं, मंसिर २५ : नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले आन्तरिक उडानका केही विमानस्थलमा परीक्षण उडान गरेको थियो। तर, ति विमानस्थलमा नियमित उडानका लागि भने कुनै प्रयास भएको छैन।

योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भए लगत्तै निगमका कार्यकारी अध्यक्ष मदन खरेलले केही स्थानमा परीक्षण उडान गरेका थिए। त्यसमा मन्त्री भट्टराईको गृहजिल्ला ताप्लेजुङ पनि थियो।

Hardik ivf

निगम अध्यक्ष खरेलले साउन १९ गतेदेखि तीन दिन ताप्लेजुङसँगै रुकुमको चौरजहारी, भोजपुर, बाजुरा र संखुवासभाको तुम्लिङटारमा परीक्षण उडान गरेका थिए। तर, त्यसयता ति विमानस्थलमा नियमित उडानका लागि कुनै पहल नभएको निगम स्रोतले जनाएको छ।

परीक्षण उडानका क्रममा दशैंअघि नै नियमित उडान हुने बताइएको थियो। अहिलेसम्म अन्य जिल्लाका विमानस्थल त परै जावस मन्त्री भट्टराईको गृहजिल्लाको विमानस्थलमा पनि उडान हुन सकेको छैन।

निगमका अधिकारीहरु अध्यक्ष खरेलले मन्त्री भट्टराईलाई खुशी पार्न परीक्षण उडान गरेको बताउँछन्। निगमका सहप्रवक्ता सुलेश मिश्र भने विमान अभावका कारण परीक्षण गरिएका स्थानमा नियमति उडान गर्न नसकिएको बताउँछन्।

‘उडान योग्य विमान नहुँदा परीक्षण उडान भएका गन्तव्यमा नियमित उडान नभएको हो,’ सहप्रवक्ता मिश्र भन्छन्। बरु त्यतिबेला परीक्षण उडान गरिएको विमान अहिले ग्राउन्डेड छ। उनले वाई १२ विमानबाट परीक्षण उडान गरेका थिए।

चीनबाट ल्याइएका चार वटा वाई १२ विमानमध्ये एउटा मात्रै संचालनमा छ। संचालनमा रहेको एउटा विमानले पुरानै गन्तव्यमा पनि उडान गर्न सकेको छैन। जसले गर्दा परीक्षण गरिएका गन्तव्यमा तत्काल आन्तरिक उडान हुने अवस्था नरहेको निगमका अधिकारी बताउँछन्।

 

प्रकाशित मिति: १५:१३ बजे, बुधबार, मंसिर २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्