Kathmandu Press

जुम्लामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु

पहिरोमा परी मृत्यु हुनेमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा विक, ९ वर्षीया सुस्मिता विक, ७ वर्षीया बसन्त विक रहेको प्रहरीले जनाएको छ।
जुम्लामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु

जुम्ला, असोज २४ : जुम्लामा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ। लगातारको वर्षापछि आएको पहिरोले चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर पुर्दा ४ जनाको मृत्यु भएको हो।

पहिरोमा परी ५ जना घाइते भएका छन्।

पहिरोमा परी मृत्यु हुनेमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा विक, ९ वर्षीया सुस्मिता विक, ७ वर्षीया बसन्त विक रहेको प्रहरीले जनाएको छ।

घाइतेको मेलसाय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १३:०५ बजे, सोमबार, असोज २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्