कालिकोटमा मलामी गएका १५ जना वेपत्ता
शनिबार मृत्यु भएका हेमराजको अन्त्येष्टीका लागि स्थानीय गाउँले आइतबार तिला नदी गएका थिए। वडाध्यक्ष परमबहादुर शाही पनि मलामी गएको बताइएको छ।
कालिकोट, असोज २४ : कालिकोट जिल्लाको तिलागुफामा मलामी गएका १५ जना स्थानीय वेपत्ता भएका छन्। तिलगुफा नगरपालिका राँचुली गाउँका हेमराज शाहीको मलामी लगएका १५ स्थानीय वेपत्ता भएका हुन्।
शनिबार मृत्यु भएका हेमराजको अन्त्येष्टीका लागि स्थानीय गाउँले आइतबार तिला नदी गएका थिए। वडाध्यक्ष परमबहादुर शाही पनि मलामी गएको बताइएको छ। तर, रातिसम्म मलामी गएकाहरु नफर्किएपछि गाउँलेले सोमबार बिहानै घटनाबारे प्रहरीलाई खबर गरेका थिए।
वर्षा भइरहेकाले माथिबाट पहिरो खसेर उनीहरुलाई बगाएको आशंक गाउँलेले गरेको प्रहरीले बताएको छ। घटनाको खबर आउना साथ प्रहरी घटनास्थल तर्फ गइसकेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए।
ठाउँ ठाउँमा पहिरोले बाटो अवरुद्ध बनेकाले सदरमुकामबाट ४२ किलोमिटर दुरीमा रहेको राँचली पुग्न प्रहरीलाई पनि कठीनाइ भइरहेको उनले बताए । प्रहरी टोली त्यहाँ पुगेपछि मात्र घटनाको विस्तृत विवरण आउने उनले बताए।
नाग्मगाड र खल्लागाड प्रहरी चौकीबाट दुई टोली घटनास्थलतर्फ गएका छन्। पहिरो गएकाले उनीहरु डोरजसहित त्यसतर्फ गाएका छन्।









