Kathmandu Press

रोनाल्डोको गोलमा युनाइटेड विजयी

रोनाल्डोको गोलमा युनाइटेड विजयी

काठमाडाैं, असाेज २४ : इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ। स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोल मद्दतमा युनाइटेडले एभर्टनलाई उसकै मैदानमा २-१ले हराएको हो।

गुडिन्सन पार्कमा युनाइटेडलाई जित दिलाउन रोनाल्डोसँगै एन्थोनीले पनि गोल गरे। यता, एभर्टनका एलेक्स इओवीले गोल गरेका थिए।

घरेलु मैदानमा ५औं मिनेटमै इओवीको गोलमा एभर्टनले अग्रता लियो। तर, १५औं मिनेटमा युनाइटेडले खेललाई बराबरीमा ल्यायो। एन्थोनीले मार्सियलको पासमा गोल गरेका थिए।

त्यसपछि मार्सियलको स्थानमा २९औं मिनेटमा मैदान छिरेका रोनाल्डोले खेलमा युनाइटेडलाई अग्रता दिलाए। उनले ४४औं मिनेटमा कासेमिरोको पासमा गोल गरेका थिए।

यो गोलसँगै रोनाल्डोले क्लब फुबटलमा ७ सय गोल पुरा गरे। रोनाल्डोले युनाइटेड, रियल मड्रिड, युभेन्टस र स्पोर्टिङ सिपीबाट गोल गर्दै यो कोशेढुंगा भेट्टाएका हुन्। उनले युनाइटेडका लागि १४४, रियलका लागि ४५०, युभेन्टसका लागि १०१ र स्पोर्टिङ सिपीका लागि ५ गो गरेका छन्।

यो जितसँगै युनाइटेड १५ अंकसहित पाँचौं स्थानमा छ। १० अंक जोडेको एभर्टन १२औं स्थानमा छ।

प्रकाशित मिति: ०८:५१ बजे, सोमबार, असोज २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्