Kathmandu Press

लिभरपुललाई हराउँदै आर्सनल शीर्ष स्थानमा

यो जितसँगै आर्सनले शीर्ष स्थानमा उक्लिएको छ। ९ खेलमा ८ जित निकालेको उसले २४ अंक भएको छ ।
लिभरपुललाई हराउँदै आर्सनल शीर्ष स्थानमा

कठमाडाैं, असाेज २४ : इंग्लिस प्रियिमर लिगअन्तर्गत शनिबार राति भएका खेलमा आर्सनल विजयी भएको छ। प्रतिस्पर्धात्मक खेलमा आर्सनलले लिभरपुल माथि ३(२को रोमाञ्चक जित निकाल्यो।

घरेलु मैदानमा आर्सनललाई जित दिलाउन बुकायो साकाले २ गोल गर्दा अर्को गोल ग्याब्रियल मार्टिनेलीले गरे। लिभरपुलका डार्विन नुनेज र रोबर्टो फिर्मिन्होले गोल गरेका थिए।

खेलको पहिलो मिनेटमै मार्टिनेलीको गोलमा आर्सनले अग्रता लियो। उनले मार्टिन ओडगार्डको पासमा गोल गरेका थिए। ३४औं मिनेटमा नुनेजले लुइस डिजाजको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

इन्जुरी समयमा खेलमा आर्सनलले पुनः अग्रता लियो। इन्जुरी समयको पाँचौं मिनेटमा मार्टिनेलीको पासमा साकाले गोल गरेका थिए। ५३औं मिनेटमा फिर्मिन्होले डिएगो जोटाको पासमा गोल गर्दै लिभरललाई पुनः बराबरीमा ल्याए।

७६औं मिनेटमा साकाले पुनः आर्सनललाई अग्रता दिलाए। लिभरपुलका थिएगोले ग्याब्रियल जिससलाई डिबक्समा फाउल गरेपछि प्राप्त पेनाल्टीमा साकाले सहजै गोल गरेका थिए। त्यसपछि गोल नहुँदा आर्सनल विजयी भयो।

यो जितसँगै आर्सनले शीर्ष स्थानमा उक्लिएको छ। ९ खेलमा ८ जित निकालेको उसले २४ अंक भएको छ भने म्यानचेस्टर सिटी २३ अंकसहित दोस्रो स्थानमा छ। खराब प्रदर्शन गरिरहेको लिभरपुल १० अंकसहित १०औं स्थानमै छ।

 

प्रकाशित मिति: ०७:५८ बजे, सोमबार, असोज २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्