२८ वर्षीय याेगेशलाई कांग्रेसले बनायाे प्रतिनिधिसभा उम्मेदवार
प्रतिनिधिसभाका ९१ निर्वाचन क्षेत्रमा कांग्रेसबाट उम्मेदवार बनेका मध्ये योगेश सबैभन्दा कम उमेरका उम्मेदवार हुन् ।
काठमाडौं, असाेज २४ : सत्तारु दल नेपलाी कांग्रेसले २८ वर्षीय युवालाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ। कांग्रेसले मुस्ताङमा २८ वर्षीय योगेश गौचनलाई उम्मेदावर बनाएको हो।
उनी पूर्वमन्त्री तथा कांग्रेस मुस्ताङका सभापति रोमी गौचनका छोरा हुन् । प्रतिनिधिसभाका ९१ निर्वाचन क्षेत्रमा कांग्रेसबाट उम्मेदवार बनेका मध्ये योगेश सबैभन्दा कम उमेरका उम्मेदवार हुन् ।
मुस्ताङमा कांग्रेसबाट प्रदेशसभातर्फ (क) मा नम्डुक गुरुङ र (ख) मा विकल शेरचनले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रकाशित मिति: ०७:३४ बजे, सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









