Kathmandu Press

तनहुँमा ६२ जनाले गराए उम्मेदवारी दर्ता, महिला ४ जना मात्रै

तनहुँ–१ मा १६, प्रदेशसभा (क)मा १२ र प्रदेशसभा (खं) मा ७ जनाको उम्मेदवारी परेको हो। यस्तै, तनहुँ–२ मा १०, प्रदेशसभा (क)मा १० र प्रदेशसभा (ख)मा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
तनहुँमा ६२ जनाले गराए उम्मेदवारी दर्ता, महिला ४ जना मात्रै

तनहुँ, असोज २४ : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तनहुँमा ६२ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि ६२ जनाको उम्मेदवारी दर्ता गराएका हुन्।

तनहुँमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाल, जनता समाजवादी पार्टीका उम्मेदवारलगायत स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तनहुँ–१ मा १६, प्रदेशसभा (क)मा १२ र प्रदेशसभा (खं) मा ७ जनाको उम्मेदवारी परेको हो। यस्तै, तनहुँ–२ मा १०, प्रदेशसभा (क)मा १० र प्रदेशसभा (ख)मा ७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

तनहुँ क्षेत्र नं १ मा कांग्रेसका रामचन्द्र पौडेल, एमालेका एकबहादुर राना, राप्रपाबाट विनोद घर्तीलगायतले उम्मेदवारी दर्ता गराउँदा तनहुँ २ मा कांग्रेसका शंकर भण्डारी, एमालेका किरण गुरुङलगायतले उम्मेदवारी दर्ता गराए।

तनहुँमा ६२ जनाले उम्मेदवारी दर्ता गराउँदा महिला भने ४ जना मात्रै छन्। त्यसमध्ये प्रतिनिधिसभामा दुई र प्रदेशसभामा दुई महिलाले उम्मेदवारी दिएका छन् । तनहुँ क्षेत्र नं १, क्षेत्र नं २ को प्रतिनिधिसभामा महिलाको उम्मेदवारी परेको छ । क्षेत्र नं १ को प्रदेश (ख) र क्षेत्र नं. २ को प्रदेश (ख) मा महिलाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ०७:०१ बजे, सोमबार, असोज २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्