Kathmandu Press

काठमाडौं ५ मा एमालेका उपाध्यक्ष पोखरेलसँग भिड्दै कांग्रेस नेता पौडेल 

तनहुँ क्षेत्र नम्बर २ मा उम्मेदवारको आकांक्षी रहेका पौडेललाई अन्तिम समयमा काठमाडौं–५ को टिकट दिइएको थियो ।  नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका पौडेल यसअघि तनहुँ–२ मा प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए ।
काठमाडौं ५ मा एमालेका उपाध्यक्ष पोखरेलसँग भिड्दै कांग्रेस नेता पौडेल 

काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका पौडेलले मनोनयन दर्ता गराएका हुन् । 

तनहुँ क्षेत्र नम्बर २ मा उम्मेदवारको आकांक्षी रहेका पौडेललाई अन्तिम समयमा काठमाडौं–५ को टिकट दिइएको थियो ।  नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका पौडेल यसअघि तनहुँ–२ मा प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए । संघीय संसदका लागि पौडेलको यो पहिलो प्रतिस्पर्धा हो । 

उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले संघीय राजधानी, राजधानी जस्तो नभएकाले राजधानी बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । उनले मुलुकलाई स्थिरता र सुशासन दिनका लागि आफ्नो उम्मेदवारी भएको बताए । उनले सुशासन कायम गर्ने, भ्रष्टाचार शुन्य गर्ने, नागरिकको विकासका लागि काम गर्ने प्रतिवद्धता जनाए । 

काठमाडौं क्षेत्र नम्बर ५ बाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,  प्रा.डा गोपीलाल न्यौपाने, रञ्जु दर्शना र कलाकार मधुसुदन पाठक र बिजय कँडेलले पनि स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराएका छन् ।

प्रकाशित मिति: २०:२३ बजे, आइतबार, असोज २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्