प्रतिनिधिसभामा २,१२८ जनाको उमेदवारी दर्ता, प्रदेशसभातर्फ कति ? (सूचीसहित)
आइतबार साँझ एक विज्ञप्तिमार्फत आयोगले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म दर्ताको समय तोकिएकोमा निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उमेदवारहरूको दर्ता कार्य हालसम्म पनि जारी रहेको जनाएको हो ।
काठमाडौं, असोज २३ : निर्वाचन आयोगले अहिलेसम्म पनि उमेदवारको मनोनयनपत्र दर्ता कार्यक्रम जारी रहेको जनाएको छ ।
आइतबार साँझ एक विज्ञप्तिमार्फत आयोगले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म दर्ताको समय तोकिएकोमा निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उमेदवारहरूको दर्ता कार्य हालसम्म पनि जारी रहेको जनाएको हो ।
आयोगकाअनुसार आइतबार साँझ ७ः४५बजेसम्म प्रतिनिधिसभाअन्तर्गत देशभर १,९३७ पुरुष र १९१ महिला गरी कुल २,१२८ जनाको उमेदवारी परेको छ । प्रदेशसभातर्फ २,६०० पुरुष, २४४ महिला र १ अन्य गरी २,८४५ जनाको उमेदवारी दर्ता भएको आयोगले जनाएको छ ।
जसमध्ये प्रदेश नं. १ मा ४४५ पुरुष,४९ महिला गरी ४९४, मधेश प्रदेशमा ७११ पुरुष, ५५ महिला र १ अन्य गरी ७६७, बागमती प्रदेशमा ५६१ पुरुष, ७४ महिला गरी ६३५, गण्डकी प्रदेशमा १९९ पुरुष, २९ महिला गरी २२८, लुम्बिनी प्रदेशमा ४१४ पुरुष, २३ महिला गरी ४३७, कर्णाली प्रदेशमा ७९ पुरुष, २ महिला गरी ८१ र सुदूरपश्चिम प्रदेशमा १९१ पुरुष, १२ महिला गरी २०३ उम्मेदवारहरूले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता भएको छ ।
दर्ता भएका उम्मेदवाहरूको सूची आजै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
असोज २४ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ ।











