Kathmandu Press

जेलमा रहेका रेशम चौधरीले गराए उम्मेदवारी दर्ता 

टीकापुर घटनाका मुख्य अभियुक्तका रूपमा जेलमा रहेका रेशमलाल चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।
जेलमा रहेका रेशम चौधरीले गराए उम्मेदवारी दर्ता 

काठमाडौं, असोज २३ : टीकापुर घटनाका मुख्य अभियुक्तका रूपमा जेलमा रहेका रेशमलाल चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।

उनको उम्मेदवारी दर्ता उनको प्रतिनिधि झग्गुप्रसाद चौधरीमार्फत भएको हो ।

२०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा बहुमतले विजयी भएका उनलाई टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि हाल जेल जीवन बिताउँदै आएका छन् ।

हाल सो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ । 


 

प्रकाशित मिति: १९:१२ बजे, आइतबार, असोज २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्