ओलीले टिकट नदिएका घनश्याम भूसालले दिए स्वतन्त्र उम्मेदवारी, गठबन्धनको समेत समर्थन
भूसालले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्तासँगै निर्वाचन कार्यालय देवदह पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
काठमाडौं, असोज २३ : नेकपा एमाले परित्याग गरेको घोषणा गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
भूसालले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्तासँगै निर्वाचन कार्यालय देवदह पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । भूसालले आफू सत्ता गठबन्धनको समर्थनमा वाम उम्मेदवार भएको बताएका छन् ।
एमालेले टिकट नदिएपछि उनले पार्टी छाडेको घोषणा गरेका थिए ।
प्रकाशित मिति: १८:३९ बजे, आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









