Kathmandu Press

काठमाडौं–१ मा प्रकाशमान र रवीन्द्र मिश्रले गराए उम्मेदवारी दर्ता 

काठमाडौं–१ मा प्रकाशमान र रवीन्द्र मिश्रले गराए उम्मेदवारी दर्ता 

काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराएका छन् ।.

उहाँले आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। सिंह कांग्रेसका तर्फबाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले जनताका समस्या समाधान गर्नका लागि आफूहरूले काम गर्ने बताए। उनँले संघीयता बलियो बनाउन भूमिका खेल्ने पनि बताए । नेता सिंहले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा पनि काम गर्ने बताए। 

सोही क्षेत्रबाट राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पनि प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै मिश्रले योपटक मतदाताले आफूहरूलाई जिताउने विश्वास व्यक्त गरे।

त्यस्तै नेपाल प्रहरीका पूर्वडीआईजी एवं नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले पनि काठमाडौं क्षेत्र नम्बर १ बाटै प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् उम्मेदवारी दर्तापछि उनले कानुन निर्माण गरेर सदनमा संगठित अपराधीको संख्या घटाउन आफूले उम्मेदवारी दिएको बताए। 

रवीन्द्र मिश्र यसअघि २०७४ को निर्वाचनमा काठमाडौं १ बाटै कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए । काठमाडौं–१ मा नेकपा एमालेबाट राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम पनि प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: १७:३२ बजे, आइतबार, असोज २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्