Kathmandu Press

 काठमाडौं ४ बाट गगन, झापा १ बाट विश्वप्रकाशको उम्मेदवारी दर्ता 

आइतबार महामन्त्री थापाले काठमाडौं ४ बाट मनोनयन दर्ता गराएका हुन् भने शर्माले झापा १ बाट मनोनयन दर्ता गराएका छन् ।
 काठमाडौं ४ बाट गगन, झापा १ बाट विश्वप्रकाशको उम्मेदवारी दर्ता 

काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । 

आइतबार महामन्त्री थापाले काठमाडौं ४ बाट मनोनयन दर्ता गराएका हुन् भने शर्माले झापा १ बाट मनोनयन दर्ता गराएका छन् । महामन्त्री थापा यसपटक सर्लाही ४ बाट निर्वाचन लड्ने चर्चा चलेको थियो । तर, अन्ततः थापाले काठमाडौं नै रोजेका छन्।  

थापाले यसपटक पनि एमालेका राजन भट्टराईसँग प्रतिस्पर्धा गर्नेछन् । अघिल्लो निर्वाचनमा बाम गठबन्धनको समर्थन पाएर पनि पराजित भट्टराईलाई यसपटक सत्ता गठबन्धनको चुनौती थपिएको छ । 

अघिल्लो निर्वाचनमा थापाले  २१ हजार ५५८ मत ल्याउँदा भट्टराईले १८ हजार १४० मत ल्याएका थिए ।

 

प्रकाशित मिति: १७:१६ बजे, आइतबार, असोज २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्