Kathmandu Press

रुकुम पश्चिम पुगेर अर्थमन्त्री शर्माले गराए उम्मेदवारी दर्ता 

रुकुम पश्चिम पुगेर अर्थमन्त्री शर्माले गराए उम्मेदवारी दर्ता 

काठमाडौं, असोज २३ : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । 

आज अपरान्ह खलङ्गामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् । 

विसं २०६४ देखि रुकुमबाट चुनाव लड्दै आउनु भएका शर्माले यो पटक पनि रुकुम पश्चिमबाटै उम्मेदवारी दिएका हुन् । त्यस्तै प्रदेशसभा क्षेत्र नं ‘क’ बाट महेन्द्र केसी र प्रदेशसभा क्षेत्र नं ‘ख’ बाट राजकुमार शर्माले उम्मेदवारी दर्ता गराएका छन्।  

प्रकाशित मिति: १६:१५ बजे, आइतबार, असोज २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्