प्रधानमन्त्री देउवाले गराए पत्नी आरजुमार्फत उम्मेदवारी दर्ता
प्रधानमन्त्री देउवाले पत्नी डा. आरजु राणामार्फत आइतबार अपराह्न उम्मेदवारी दर्ता गराएका हुन् ।
काठमाडौं, असोज २३ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
देउवाले पत्नी डा. आरजु राणामार्फत आइतबार अपराह्न उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका लागि प्रधानमन्त्री पत्नी आरजु शनिबार नै डडेलधुरा पुगेकी थिइन् । उनले आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएकी हुन् ।
प्रदेशसभा ‘ख’ मा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले मनोनयन दर्ता गराएका छन् ।
प्रकाशित मिति: १५:५८ बजे, आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









