Kathmandu Press

गोरखामा प्रचण्डको भव्य स्वागत ( तस्बिरहरू)

गोरखामा प्रचण्डको भव्य स्वागत ( तस्बिरहरू)

काठमाडौं, असोज २३ : पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गोरखामा भव्य स्वागत गरिएको छ । 

May be an image of 4 people, people standing, outdoors and text that says 'MANOJ'

आसन्न संघीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन आइतबार दिउँसो गोरखा पुगेका प्रचण्डलाई त्यहाँका नेता कार्यकर्ताले भव्य स्वागत गरेका हुन् ।  उनलाई गोरखाका जिल्ला नेताहरुले खादा र माला लगाइदिएर स्वागत गरेका थिए।

May be an image of 5 people, people standing and outdoors

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा गोरखाकै नेता नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टीका अध्यक्ष रहेका डा. बाबुराम भट्टराई पनि प्रचण्डसँगै गोरखा पुगेका छन् । तीनै जना नेताहरु संगै गोरखा पुग्दा त्यहाँका जनताले उत्साहित हुँदै फूलमाला लगाइदिएका छन् ।

May be an image of 2 people, people sitting, people standing and outdoors

प्रचण्डले गोरखा २ बाट चुनाव लड्नेगरी अपराह्न ३ बजे उम्मेदवारी दर्ता गराइसकेका छन् । प्रचण्ड गोरखा जाने भएपछि उनका लागि नारायणकाजीले ठाउँ छाडिदिएका थिए । 

May be an image of 4 people, people standing and outdoors

गोरखाबाट चुनाव लड्ने भएपछि प्रचण्डको जित सुनिश्चित रहेको नेताहरु बताउँछन् । 

May be an image of 1 person, standing, outdoors and crowd

May be an image of 5 people, people standing and outdoors

May be an image of 5 people, people standing, flower and outdoors

May be an image of 8 people, people sitting, people standing, tree and outdoors

May be an image of 6 people, people sitting, people walking, people standing and outdoors

प्रकाशित मिति: १५:३० बजे, आइतबार, असोज २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्