Kathmandu Press

गोरखा पुगेर प्रचण्डले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु) 

प्रचण्डले अपराह्न ३ बजे उम्मेदवारी दर्ता गराएको उनको सचिवालयले जानकारी दिएको छ । 
गोरखा पुगेर प्रचण्डले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु) 

काठमाडौं, असोज २३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न संघीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । 

आइतबार अपराह्न गोरखा पुगेर प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् ।  पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि प्रचण्डसँगै गोरखा पुगेका छन् ।

May be an image of 4 people and people standing

प्रचण्डले अपराह्न ३ बजे उम्मेदवारी दर्ता गराएको उनको सचिवालयले जानकारी दिएको छ । 

311243074_635917101232023_8823863755599200807_n1665308344.jpg

यसअघि प्रचण्ड चितवनबाट चुनाव लड्ने तयारीमा थिए । तर, चितवनमा नेपाली कांग्रेसकै नेता कार्यकर्ताहरुले भोट नदिने देखिएपछि उनी गोरखा २ बाट लड्न सहमत भएका हुन् ।

May be an image of 8 people, people standing and indoor

गोरखामा अध्यक्ष नै आउने भएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पनि ठाउँ छाडिदिएका थिए । यसअघि गोरखाबाट निर्वाचित डा. भट्टराईले पनि यसपटक चुनाव नलड्ने घोषणा गर्दै प्रचण्डलाई सघाउने बताएका छन् । 

प्रकाशित मिति: १५:१८ बजे, आइतबार, असोज २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्