Kathmandu Press

कमल थापाले दर्ता गराए उम्मेदवारी, सूर्य चिह्नबाट चुनाव लड्ने 

कमल थापाले दर्ता गराए उम्मेदवारी, सूर्य चिह्नबाट चुनाव लड्ने 

काठमाडौं, असोज २३ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चिह्नबाट चुनाव लड्ने भएका छन् । 

आइतबार दिउँसो थापाले सूर्य चिह्न लिएर चुनाव लड्ने गरी उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष थापाले जित सुनिश्चित गर्नकै लागि एमालेको चुनाव चिह्न लिएर चुनावमा जान लागेको बताएका छन् । 

 उनले नेकपा एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु खुसीको कुरा भएको बताए । ‘नेकपा एमालेसँगको सहकार्य एक ठाउँमा मात्र चुनाव जित्नका लागि नभई मुलुकमा विद्यमान संकट समाधान गर्न राष्ट्रिय परिवेशको आवश्यकताको रुपमा रहेको छ’, उनले भने, ‘म नेकपा एमालेका साथीहरुलाई चित्त बुझाउन सक्छु भन्ने लाग्छ । त्यसका निमित्त हरसम्भव प्रयास गर्नेछु ।’

थापालाई समर्थन गरेकोमा नेकपा एमाले मकवानपुरका नेता तथा कार्यकर्ता भने असन्तुष्ट छन् । उनीहरुले पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।

प्रकाशित मिति: १५:०९ बजे, आइतबार, असोज २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्