झापा पुगेर एमाले अध्यक्ष ओलीले गराए उम्मेदवारी दर्ता

काठमाडौं, असोज २३ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार दिउँसो झापा पुगेर ओलीले मनोनयन दर्ता गराएका हुन् ।
उनी झापा क्षेत्र नं ५ बाट चुनाव लड्दै छन् । त्यसका लागि आफै उपस्थित भएर उम्मेदवारी दर्ता गराएका हुन् ।
झापा ५ मा नेपाली कांग्रेसले खगेन्द्र पाण्डव अधिकारीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले अघिल्लो निर्वाचनमा पनि अधिकारीलाई नै उम्मेदवार बनाएको थियो ।
प्रकाशित मिति: १३:५३ बजे, आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




