उम्मेदवारी दर्ताका लागि बाबुराम र नारायणकाजीलाई लिएर गोरखा गए प्रचण्ड
प्रचण्ड यसअघि चितवनबाट चुनाव लड्ने तयारीमा थिए । तर चितवनमा कांग्रेसका नेता कार्यकर्ता नै प्रचण्डलाई भोट हाल्ने पक्षमा नरहेको पाएपछि प्रचण्ड अन्तिममा गोरखाबाट चुनाव लड्न लागेका हुन् ।
काठमाडौं, असोज २३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगामी संघीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन गोरखा प्रस्थान गरेका छन् ।
आइतबार बिहान साढे ११ बजे उनी गोरखा प्रस्थान गरेका हुन् । उनीसँगै नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि संगै गोरखा गएका छन् ।
गोरखा जानुअघि काठमाडौंमा प्रचण्ड, बाबुराम र नारायणकाजीले सामूहिक तस्बिर समेत खिचेका छन् । उक्त तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै नेसपा अध्यक्ष भट्टराईले उम्मेदवारी दर्ताका लागि गोरखा जान लागेको बताएका छ्न ।
प्रचण्ड यसअघि चितवनबाट चुनाव लड्ने तयारीमा थिए । तर चितवनमा कांग्रेसका नेता कार्यकर्ता नै प्रचण्डलाई भोट हाल्ने पक्षमा नरहेको पाएपछि प्रचण्ड अन्तिममा गोरखाबाट चुनाव लड्न लागेका हुन् । प्रचण्ड गोरखा आउने भएपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रत्यक्ष निर्वाचन नलड्ने भएका हुन् ।
नेसपा अध्यक्ष भट्टराईले यसअघि नै चुनाव नलड्ने घोषणा गरिसकेका छ्न । उनले माओवादीकै चुनाव चिह्न र घोषणापत्र लिएर निर्वाचनमा जाने गरी प्रचण्डसँग सहमति गरिसकेका छ्न ।

-1786106234.jpg)




-1786106234.jpg)




