कांग्रेस नेता प्रदीप पौडेलले काठमाडौं ५ बाट उम्मेदवारी दिने
काठमाडौं ५ मा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसका युवा नेता प्रदीप पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ।
काठमाडौं, असोज २३ : काठमाडौं ५ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले युवा नेता प्रदीप पौडेललाई उम्मेदवार बनाएको छ ।
गठबन्धनको भागबन्डा काठमाडौं ५ आफ्नो भागमा परेपछि कांग्रेसले पौडेललाई अघि सार्ने निर्णय गरेको हो । उनी गृह जिल्ला तनहुँबाट उम्मेदवारी दिने तयारीमा रहेपनि पार्टीको आग्रहमा काठमाडौंबाट चुनाव लड्ने भएका हुन् । तनहुँमा रामचन्द्र पौडेल र मोहन बस्नेत उम्मेदवार बन्ने पक्का भइसकेको छ ।
काठमाडौं ५ मा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अघि सारेको छ । अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार रहेका पोखरेलले कांग्रेसकै प्रकाशशरण महतलाई पराजित गरेका थिए। महत अहिले समानुपातिकमा बसेका छन् ।
यही क्षेत्रमा रञ्जु दर्शनाले पनि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी छन् । अघिल्लो निर्वाचनमा विवेकशील साझा पार्टीका उज्वल थापाले ६ हजार ८५३ मत ल्याएका थिए ।

-1786106234.jpg)




-1786106234.jpg)




