रवि लामिछानेले चितवन–२ बाट उम्मेदवारी दिने

काठमाडौं, असोज २३ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट उम्मेदवारी दिने भएका छन् ।
उनी उम्मेदवारी दर्ताका लागि चितवन पुगिसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए ।
रविले काठमाडौं र चितवन मध्य एक ठाउँबाट चुनाव लड्ने चर्चा थियो । चितवनमा एमालेले कृष्णभक्त पोखरेल र कांग्रेसले उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
०७४ मा तत्कालीन बाम गठबन्धनका उम्मेदवार एमालेका पोखरेल निर्वाचित भएका थिए।
प्रकाशित मिति: ११:०० बजे, आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




