Kathmandu Press

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता आज 

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता आज 

काठमाडौं, असोज २३ : मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारी दर्ता आज हुँदै छ । निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ । 

आयोगले देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको छ। 

उम्मेदवार निर्वाचन अधिकृतको कार्यालयमा आफैँ उपस्थित हुन नसके प्रतिनिधि वा वारेस मार्फत पनि उम्मेदवारी दिन सकिने छ।

आज मनोनयन दर्ता भएपछि २४ असोजमा उम्मेदवारको विरोधमा उजुरी दिने, २४ र २५ असोजमा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र २५ गते नामावली प्रकाशन हुनेछ ।

२६ असोजमा उम्मेदवारले नाम फिर्ताको समय पाउनेछन् । अन्तिम नामावली पनि त्यसै दिन प्रकाशन गरेर चुनाव चिह्न वितरण गरिने आयोगको कार्यतालिकामा उल्लेख छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्तिले प्रत्यक्षतर्फ भने उम्मेदवार हुन पाउने छैनन् ।

प्रकाशित मिति: ०८:५६ बजे, आइतबार, असोज २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्