क्रिकेटर गौतमको बिहे स्कुटरमा
नयाँ दिल्ली, मंसिर २५ : भारतीय क्रिकेटर मनिष पाण्डेले अभिनेत्री आश्रिता शेट्टीसँग वैवाहिक बन्धनमा बाँधिएको चार दिनपछि उनका कर्नाटकका साथी क्रिके....

नयाँ दिल्ली, मंसिर २५ : भारतीय क्रिकेटर मनिष पाण्डेले अभिनेत्री आश्रिता शेट्टीसँग वैवाहिक बन्धनमा बाँधिएको चार दिनपछि उनका कर्नाटकका साथी क्रिकेटर कृष्णप्पा गौतमले पनि विवाह गरेका छन्। गौतमको विहे भने चर्चामा छ।
उनले अर्चनासँग विवाह गरेपछि उनको घरफिर्तीको तरिकालाई लिएर चर्चा गर्न थालिएको हो। गौतमले अर्चनासँग विवाह गरेपछि उनी स्कुटरमा घर फर्किए। गौतम अर्चनाले चलाएको स्कुटीको पछाडी बसेर घर फर्किरहेको तस्बिर विभिन्न सञ्जाल र भारतीय मिडियामा छाएको छ।
गौतम र अर्चना लामो समयदेखि डेट गरिरहेका थिए। दुवै परिवारलाई यसबारे जानकारी थियो। परिवारका सदस्यहरु, नातेदार, साथीसंगी सबैको उपस्थितिमा उनीहरुले सात फेरा लिएर विवाह गरेका हुन्।
दक्षिण भारतीय सँस्कारअनुसार, उनीहरुले विवाह गरेर परिवारका सदस्यहरुसँग गौतम र अर्चनाले सेल्फी लिएका थिए।
गौतम र अर्चना दुवैले आ–आफ्नो सामाजिक सञ्जालमा विवाहको फोटो शेयर पनि गरेका छन्। गौतम र अर्चना स्कुटीमा चढेर घर फर्किरहेको फोटोको चर्चा भइरहेको छ।
तस्बिरमा अर्चना स्कुटी चलाईरहेकी छन् भने गौतम उनको पछाडि बसेर मुस्कुराईरहेका देखिन्छन्।
गौतमले फोटोअपलोड गर्दै लेखेका छन्– ‘तपाईँहरु सबैलाई हाम्रो नयाँ यात्राको साँक्षी बनेकोमा धन्यवाद।’
गौतम कर्नाटक राज्य टिमका सदस्य हुन्। अलराउन्डर गौतमलाई गत वर्ष राजस्थान रोयल्सले ६.२ करोडमा किनेको थियो।









-1783580717.jpeg)
