कमल थापालाई एमालेले समर्थन गर्ने, चुनाव चिह्नका विषयमा छलफल चल्दै

काठमाडौं, असोज २२ : नेकपा एमालेले आसन्न संघीय निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन गर्ने भएको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली गृह जिल्ला झापा जानुअघि भएको भेटमा थापालाई सघाउने सहमति भएको हो ।
थापा प्रतिनिधि सभा सदस्यका लागि मकवानपुर १ बाट चुनाव लड्दै छन् । ओलीले थापालाई एमालेकै चुनाव चिह्न लिएर निर्वाचनमा जान आग्रह गरेको एमालेका एक नेताले बताए ।
थापाले भने राप्रपा नेपालकै चुनाव चिह्न तीर लिएर चुनाव लड्ने बताएपछि यस विषयमा छलफल भइरहेको ती नेताले बताए ।
एमालेले मकवानपुर १ मा केन्द्रीय सदस्य रामेश्वर रानालाई उम्मेदवार तोकिसकेको थियो । राना एमाले मकवानपुर जिल्ला इन्चार्ज हुन् । थापालाई समर्थन गर्न खोजेपछि मकवानपुरका एमाले नेताहरुले यसअघि नै ओलीसँग भेट गरी आफ्नै दलबाट उम्मेदवार उठाउनुपर्ने बताएको थियो ।
प्रकाशित मिति: २०:५९ बजे, शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




