Kathmandu Press

रेशम चौधरीको पार्टीले कैलालीमा टुंग्यायो उम्मेदावर

प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० क्षेत्रका लागि जनमुक्ति पार्टीले उम्मेदवारको नाम टुंगो हो।
रेशम चौधरीको पार्टीले कैलालीमा टुंग्यायो उम्मेदावर

काठमडाैं, असाेज २२ : रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले कैलालीमा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको टुंगो लगाएको छ ।

प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० क्षेत्रका लागि जनमुक्ति पार्टीले उम्मेदवारको नाम टुंगो हो।

पार्टीका प्रवक्ता दामोदर पण्डितका अनुसार कैलाली १ मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ आफैं उम्मेदावर बन्नेछिन् । उनी रेशम चौधरीकी श्रीमती हुन्। यस्तै, प्रदेशसभा क मा कैलाश चौधरी ख मा लक्ष्मण किशोर थारु उम्मेदवार बन्नेछन् ।

कैलाली २ मा  अरुणकुमार चौधरी उम्मेदावर बन्दा प्रदेशसभामा रतनकुमार थापा र रामेश्वर चौधरीको नाम फाइनल भएको छ। एमाले कैलालीका निवर्तमान अध्यक्षसमेत रहेका थापा पार्टीले कारवाही गर्दै जिम्मेवारीबाट हटाएपछि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए ।

कैलाली ३ मा गंगा चौधरीको नाम फाइनल हुँदा प्रदेशसभामा घनश्याम चौधरी र खुसीराम चौधरी उम्मेदावर बन्ने छन। यस्तै कैलाली ४ मा कैन्या चौधरी उम्मेदवार बन्दा प्रदेशसभामा राजेन्द्र देवकोटा र कमल भट्टलाई उम्मेदवार बन्ने छन्।

कैलाली ५ मा लक्ष्मण थारु उम्मेदवार बन्दा प्रदेशसभाका दुवै क्षेत्रको उम्मेदवार भने टुंगो लाग्न बाँकी छ।

नागरिक उन्मुक्ति पार्टीले कैलालीका अतिरिक्त कञ्चनपुरमा तीन वटै निर्वाचन क्षेत्रमा समेत उम्मेदवारी दिने तयारी गरेको जनाएको छ तर ती क्षेत्रमा उम्मेदवारको टुंगो लागिसकेको छैन ।

 

प्रकाशित मिति: २०:५२ बजे, शनिबार, असोज २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्