चुनाव नलड्ने सभामुख सापकोटाको घोषणा

काठमाडौं, असोज २२ : सभामुख अग्निप्रसाद सापकोटाले आसन्न संघीय निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर सापकोटाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने घोषणाा गरेका हुन् ।
२०६४, २०७० मा संविधानसभामा सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष निर्वाचित भएका उनी २०७४ मा सिन्धुपाल्चोक १ बाट सांसद चुनिएका थिए ।
यो पटक पनि उनी टिकटका आकांक्षी थिए । माओवादीले सापकोटासँगै माधव सापकोटाको नाम सिफारिस गरेको थियो । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत पनि क्षेत्र नम्बर १ कै टिकटका आकांक्षी थिए ।
सिट बाँडफाँटअनुसार अहिले सिन्धुपाल्चोक १ माओवादी केन्द्र र २ कांग्रेसको भागमा परेको छ ।
प्रकाशित मिति: १५:३६ बजे, शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




