Kathmandu Press

एमाले नेता बालकृष्ण ढुंगेल आफ्नै घरमा मृत फेला

नेकपा एमालेका नेता बालकृष्ण ढुंगेल काठमाडौंको काँडाघारीस्थित आफ्नै निवासमा मृत भेटिएका छन्।
एमाले नेता बालकृष्ण ढुंगेल आफ्नै घरमा मृत फेला

काठमाडौं, असोज २२ : नेकपा एमालेका नेता बालकृष्ण ढुंगेल मृत फेला परेका छन् । शनिबार बिहान काठमाडौंको काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएको बताइएको छ । 

एमाले नेताहरुका अनुसार ढुंगेल बाथरुममा मृत अवस्थामा फेला परेका हुन् । बाथरुममा लडेर उनको मृत्यु भएको हुनसक्ने उनीहरुले बताएका छन् । परिवारका अन्य सदस्यहरु बर्दिबास गएका कारण ढुंगेल घरमा एक्लै थिए । 

अहिले ढुंगेलको घरमा प्रहरी र ओखलढुंगाका नेता कार्यकर्ता पुगेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरत बोहराका अनुसार बानेश्वर प्रहरी वृत्तका प्रमुखसहितको टोली घटनास्थल पुगिसकेको छ । 

ओखलढुंगाका नेता ढुंगेल यसअघि माओवादी केन्द्रमा थिए । उनी पहिलो संविधानसभाका सदस्यसमेत थिए । सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दामा दोषी ठहर भएका थिए । उक्त अभियोगमा उनी दुई पटक गरी करिब ७ वर्ष जेल बसेका थिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भएर बनेको तत्कालिन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बसेका थिए । उनी हाल एमालेको पोलिट्ब्यूरो सदस्य थिए ।


 

प्रकाशित मिति: १३:३० बजे, शनिबार, असोज २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्