पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार
काठमाडौं, मंसिर २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताका पदक विजेता खेलाडीलाई बालुवाटार बोलाएका छन्।
....
काठमाडौं, मंसिर २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताका पदक विजेता खेलाडीलाई बालुवाटार बोलाएका छन्।
सागमा नेपालले २०६ पदक जितेको छ। जसमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक रहेका छन्।
प्रधानमन्त्री ओलीले स्वर्ण, रजत र कास्य पदक विजेता सबै खेलाडीलाई बालुवाटार बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आज दिउसो २ः१५ बजे पदक विजेता सबै खेलाडीलाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। उनका अनुसार, बालुवाटारमा प्रधानमन्त्री ओलीले सबै खेलाडीलाई बधाइ दिनेछन्।
यससँगै नगद पुरस्कारको पनि घोषणा हुन सक्ने जनाएको छ।
मंगलबार सम्पन्न सागमा नेपाली खेलाडीको प्रदर्शन राम्रो रहेको छ। नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ। पहिलो स्थानमा भने भारत छ।






