Kathmandu Press

ओली–यादव सहमतिपत्र : १४ जिल्लामा तालमेल, जसपालाई प्रतिनिधि सभाको १७ सिट 

तालमेल हुने १४ जिल्लाका ५२ निर्वाचन क्षेत्रमध्ये एमालेले ३५ र जसपाले १७ सिट पाउनेगरी सहमति भएको छ । प्रदेशसभातर्फ एमालेले ७० र जसपाले ४२ सिट पाउने उल्लेख छ।
ओली–यादव सहमतिपत्र : १४ जिल्लामा तालमेल, जसपालाई प्रतिनिधि सभाको १७ सिट 

काठमाडौं, असोज २२ : जनता समाजवादी पार्टीले मंसिर ४ को निर्वाचनमा नेकपा एमालेसँग १४ जिल्लामा चुनावी तालमेल गर्न सहमती गरेको छ । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सहमतिमा हस्ताक्षर गरेका हुन् । 

सहमतिअनुसार एमाले र जसपाबीच ५२ निर्वाचन क्षेत्रमा तालमेल हुने छ । तालमेल नभएका जिल्लाहरुमा मित्रवत् प्रतिस्पर्धा गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ। 

तालमेल गरिएका ५२ निर्वाचन क्षेत्रमध्ये एमालेले  ३५ सिट लिएर १७ सिट जसपालाई दिने सहमति भएको छ । प्रतिनिधि सभातर्फ सप्तरी–१, २ र ४ मा जसपाले उम्मेदवारी दिनेछ । त्यस्तै सिरहाको २ र ४, धनुषाको १, महोत्तरीको ३ र ४, सर्लाहीको १ र ४, रौतहटको २, बाराको २, पर्साको १ र २, रुपन्देही–४, मोरङ–५, र सुनसरी–१ जसपाको भागमा परेको छ। 

एमालेको भागमा सप्तरी–३, सिरहा–१ र ३, धनुषा–३ र ४, महोत्तरी–१,  सर्लाही–२ र ३, रौतहट–३ र ४, बारा–१ र ४, पर्सा–३ र ४, नवलपरासी (पश्चिम)–१ र २, रुपन्देही–१, २ र ३, कपिलवस्तु–१, २ र ३, कैलाली–१, २, ३, ४ र ५, मोरङ–१, २ ३, ४ र ६, सुनसरी–२, ३ र ४ परेको छ। 

प्रदेशसभातर्फ एमालेले ७० निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएर जसपालाई ४२ सिट दिनेगरी सहमति भएको छ ।  

 

प्रकाशित मिति: १३:०५ बजे, शनिबार, असोज २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्