जुम्लामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु

काठमाडौं, असोज २२ : जुम्लामा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ ।
अविरल वर्षासँगै आएको पहिरोमा परि जिल्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पाँच जनाको मृत्यु भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिएका छन् ।
पहिरोमा परी २ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेहरुको उद्धार गरी अस्पताल पठाइएको छ ।
यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनस्थापनामा कुनै कसर बाँकी नराख्न गृह प्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: ११:५० बजे, शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




