Kathmandu Press

दाङमा मोटरसाइकल दुर्घटना, सशस्त्र प्रहरीका २ जनाको मृत्यु

मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ लठ्ठहवाका ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षका लहानु चौधरी रहेका छन् ।
दाङमा मोटरसाइकल दुर्घटना, सशस्त्र प्रहरीका २ जनाको मृत्यु

दाङ, असोज २२ : दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने दुवै सशस्त्र प्रहरीका जवान हुन्।

मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ लठ्ठहवाका ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षका लहानु चौधरी रहेका छन् ।

बाढीपीडितको उद्धारमा खटिएका उनीहरू लु ४० प ४९२२ नम्बरको मोटरसाइकल चढेर लमहीबाट भालुबाङस्थित कार्यालय फर्किने क्रममा गएराति राप्ती गाउँपालिका–३ मसुरियामा दुर्घटनामा परेका थिए ।

उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति: ०८:३९ बजे, शनिबार, असोज २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्