मट्टितेल छर्केर दुई वडा कार्यालयमा आगजनी
भोजपुर, मंसिर २५ : अज्ञात समूहले भोजपुरका दुई वडा कार्यालयमा आगजनी गरेको छ।
गएराति रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा का....
भोजपुर, मंसिर २५ : अज्ञात समूहले भोजपुरका दुई वडा कार्यालयमा आगजनी गरेको छ।
गएराति रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले बताइन्।
त्यस्तै रामप्रसादराई–२ को कार्यालय भने पूर्णरुपमा ध्वस्त रहेको स्थानीय वासिन्दाले बताए।
घटनाको जानकारी पाउनासाथ प्रहरी खटाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए। कसले आगजनी गरेको हो एकिन भएको छैन। अनुसन्धान भइरहेको उनले बताए।






