प्रचण्ड गोरखा २ बाट चुनाव लड्ने
पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार राति बसेको पदाधिकारी बैठकले प्रचण्डलाई चितवन–३ छाडेर गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको बनाउने निर्णय गरेको हो ।
काठमाडाैं, असाेज २१ : नेकपा माओवादीका अध्यक्ष प्रचण्ड गोरखा २ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्। माओवादीले शुक्रबार अबेर राति अध्यक्ष प्रचण्डलाई गोरखा २ बाट उठाउने निर्णय गरेको हो।
पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले प्रचण्डलाई चितवन–३ छाडेर गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको बनाउने निर्णय गरेको हो ।
पहिलो संविधानसभामा रोल्पा र काठमाडौं १० बाट चुनाव जितेका प्रचण्ड २०७० को दोस्रो संविधानसभामा सिराहा–५ र काठमाडौं–१० मा उठे । काठमाडौं १० मा हारेका उनी सिराहामा मुस्किलले जिते । प्रचण्ड २०७४ मा चितवन ३ बाट निर्वाचित भएका थिए ।
सत्ता गठबन्धनको मुख्य साझेदार नेपाली कांग्रेसमा तीव्र असन्तुष्टि र आफू त्यो क्षेत्रमा असुरक्षित हुने देखेपछि प्रचण्डले चिवतन छाडेका हुन् । गोरखा २ नै तुलनात्मक रुपमा सुरक्षित भएकाले प्रचण्डलाई त्यहाँबाट उठाउने निर्णय माओवादीले गरेको हो।

-1786106234.jpg)




-1786106234.jpg)




