बबईको बाढीले बर्दियामा हजार बढी परिवार विस्थापित
सदरमुकाम गुलरियाको वालापुर, ईन्द्रपुर, मुक्तिनातघाट, गंगापुर, राधाकृष्ण टोललगायत बारबर्दिया नगरपालिकाका केही ठाउँ डुबानमा परेका छन्।
बर्दिया, असोज २१ : बबई नदीमा आएको बाढीले बर्दियामा एक हजारभन्दा बढी परिवार विस्थापित भएका छन्।
सदरमुकाम गुलरियाको वालापुर, ईन्द्रपुर, मुक्तिनातघाट, गंगापुर, राधाकृष्ण टोललगायत बारबर्दिया नगरपालिकाका केही ठाउँ डुबानमा परेका छन्।
स्थानीय प्रशासनका अनुसार एक हजार बढी घर डुबानमा परिसकेका छन्। राति अबेरसम्म उद्धार कार्य जारी छ ।
पानी रोकिएपछि वास्तविक तथ्यांक आउने प्रहरीले जनाएको छ। गुलरिया नगरपालिकाको ईन्द्रपुरका १ सय १९ जना हुलाकी सडकको अग्लो ठाउँमा त्रिपाल टागेर बसेका छन् ।
गुलरिया—११ को टडुवाको ९२ घरका ४ सय जना वडा कार्यालय, सेभ सेन्टर, आफन्तीको घर, उच्च स्थानमा रहेको घरमा आश्रय लिएको प्रजिअ बास्तोलाले जनाए ।
गुलरिया—८ गंगापुरका १ सय २१ जना विस्थापित भई सुरक्षित स्थलमा गएका छन् । गुलरिया—१० का १ सय ४० जना रत्नापुर र कालाबन्जरमा बनाएको सेभ हाउसमा आश्रय लिएका छन् ।

-1786106234.jpg)




-1786106234.jpg)




