एमालेले भीम रावल र धनश्याम भुसाललाई दिएन टिकट
अध्यक्ष केपी ओलीप्रति बारम्बार असन्तुष्टी पोख्दै आएका रावल र भुसाल दुवैलाई यो पटक एमालेले टिकट नदिने भएको हो।
काठमाडौं, असोज २१ : एमालेले दुई ठूला नेता भीम रावल र धनश्याम भुसाललाई टिकट नदिने भएको छ। अध्यक्ष केपी ओलीप्रति बारम्बार असन्तुष्टी पोख्दै आएका रावल र भुसाल दुवैलाई यो पटक एमालेले टिकट नदिने भएको हो।
एमालेको १०औं महाधिवेशनमा ओलीविरुद्ध नै अध्यक्षमा उम्मेदवारी दिएका भीम रावलको क्षेत्र अछाम १ बाट एमालेले यो पटक झपट बोहरालाई टिकट दिएको छ।
अध्यक्ष केपी ओलीले लुम्बिनी प्रदेशको उम्मेदावरको सूची पार्टी सचिव छविलाल विश्वकर्मालाई बुझाइ सकेको र त्यसमा भुसालको नाम नभएको बताइएको छ। १०औं महाधिवेशनमा भुसालले ओलीको लिस्टमा असन्तुष्टी जनाउँदै उपाध्यक्षमा उम्मेदवारी दिएका थिए।
एमालेको क्षेत्रीय कमिटीले रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि भुसाल र बासुदेव घिमिरेको नाम सिफारिस भएको थियो ।
भुसाल भने आफ्नो घर भएको क्षेत्र रुपन्देही १ बाट उम्मेदवार हुन चाहन्थे । तर जिल्लाले उनको नाम पठाएन ।
रुपन्देही ३ मा भूसाल र घिमिरेको नाम मात्र सिफारिस भयो । एमाले नेतृत्वले यो क्षेत्र तालमेलका लागि छुट्याएको छ । यो क्षेत्रमा एमालेले राप्रपाका वरिष्ठ नेता दीपक बोहोरालाई समर्थन गर्ने सम्भावना छ।

-1786106234.jpg)




-1786106234.jpg)




