एमालेले रामेछापमा ढुंगेललाई दियो टिकट
कैलाश ढुंगेल दुग्ध विकास बोर्डको कार्यकारी अध्यक्षबाट राजीनामा दिएर २०७४ को चुनावमा प्रदेश सभामा लडेका थिए ।
रामेछाप, असाेज २१ : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले रामेछापमा प्रदेशसभा सदस्य कैलाश ढुंगेललाई टिकट दिएको । एमाले शुक्रबार साझ प्रतिनिधिसभाका लागि ढुंगेलको नाम पक्का गरेको हो।
यहाँ प्रतिनिधिसभाका लागि माधव ढुंगेल पनि आकांक्षी थिए ।
कैलाश ढुंगेल दुग्ध विकास बोर्डको कार्यकारी अध्यक्षबाट राजीनामा दिएर २०७४ को चुनावमा प्रदेश सभामा लडेका थिए । उनी रामेछाप ‘ख’बाट बिजयी भएका थिए । त्यसअघि संघीय चुनावमा तीन पटक असफल भएका थिए।
यस्तै, एमालेले प्रदेशसभातर्फ शान्ति पौडेल र मिलनकुमार घिमिरेलाई टिकट दिइएको छ ।
प्रकाशित मिति: २०:२३ बजे, शुक्रबार, असोज २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




