एमालेले काठमाडौं १० मा बादललाई उठाउने, काठमाडौं ६ मा सर्वोन्द्र खनाल पक्का
बादलले प्रत्यक्षमा उठ्ने मनासाय बनाएपछि एमालेले उनलाई काठमाडौं १० मा उठाउने तयारी गरेको छ।
काठमाडौं, असाेज २१ : काठमाडौं क्षेत्र नं. १० मा उपाध्यक्ष रामबहादुर थापा बादललाई टिकट दिने भएको छ।
प्रत्यक्षतर्फ चुनाव लड्न अध्यक्ष केपी ओलीले नै आग्रह गरेपछि बादलले चुनाव लड्ने सोच बनाएका थिए। बादलले प्रत्यक्षमा उठ्ने मनासाय बनाएपछि एमालेले उनलाई काठमाडौं १० मा उठाउने तयारी गरेको छ।
यसअघि एमाले उपाध्यक्ष बादलले कतैबाट चुनाव नलड्ने बताएका थिए । चितवन–२ मा कृष्णभक्त पोखरेलको बलियो पकड रहेकाले बादलले त्यहाँ जान चाहेनन् ।
त्यसपछि बादलकी पत्नी नैनकला थापालाई समानुपातिकतर्फ राखिएको थियो । नैनकलाको नाम एमालेले आदिवासी महिलातर्फ एक नम्बरमा राखेको छ ।
यो क्षेत्रबाट २०७० मा प्रचण्डलाई हराएर नेपाली कांग्रेसका राजन केसीले जितेका थिए । यो पटक एमालेबाट सुरेन्द्र मानन्धर दावेदार थिए ।
यस्तै, एमालेले काठमाडौं ६ मा पूर्वप्रहरी महानिरीक्षक सर्वोन्द्र खनाललाई टिकट दिएको छ। खनाल केही साताअघि मात्र एमाले प्रवेश गरेका थिए।

-1786106234.jpg)




-1786106234.jpg)




