प्यूठानमा पहिरोले घर बगाउँ ६ जना वेपत्ता
माण्डवी गाउँपालिका वडा नम्बर ४ फरन्डीस्थित बमबहादुर बुढामगरको घर पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका हुन् ।
प्युठान, असोज २१ : प्यूठानमा शुक्रवार दिउँसो पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् ।
माण्डवी गाउँपालिका वडा नम्बर ४ फरन्डीस्थित बमबहादुर बुढामगरको घर पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका हुन् ।
वडाध्यक्ष डिलबहादुर घर्तीमगरका अनुसार पहिरोमा बमबहादुरका पति, पत्नी, बुहारी र ३ जना बालबालिका बेपत्ता भएका हुन् । नजिकै रहेका ३ घरपरिवारलाई सुरिक्षत स्थानमा सारिएको छ ।
सडक अवरुद्ध भएका कारण करिब ३ घन्टासम्म उद्धार टोली घटनास्थलसम्म पुग्न सकेको छैन । उद्धारका लागि प्रहरीको टोली घटनास्थलसम्म जाने क्रममा रहेका छन् ।
प्रकाशित मिति: १७:१२ बजे, शुक्रबार, असोज २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




