Kathmandu Press

जसपा एमालेतिर लागेपछि लोसपा सत्ता गठबन्धनसँग छलफल गर्दै

गठबन्धनमा रहेको जसपा गठबन्धनबाट बाहिरिएरसँगै लोकतान्त्रिक समाजवादी पार्टीले चुनावी गठबन्धनका लागि सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल थालेको छ।
जसपा एमालेतिर लागेपछि लोसपा सत्ता गठबन्धनसँग छलफल गर्दै

काठमाडाैं, असाेज २१ : डेढ वर्षदेखि सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएरसँगै लोकतान्त्रिक समाजवादी पार्टीले चुनावी गठबन्धनका लागि सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल थालेको छ।

सत्तारुढ गठबन्धनले जसपाले मागेअनुसार संघीय निर्वाचनमा सिट दिन नसकेपछि जसपाले एमालेसँग चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ। एमालेसँग जसपाले प्रतिनिधिसभाका लागि २४ सिट मागेको छ भने एमाले २२ सिट दिन तयार भइसकेको छ।

मधेसमा जसपाको प्रतिस्पर्धी दल लोसपाले भने सत्ता गठवन्धनतिर नजिकिएसँगै राजनीतिक ध्रुवीकरणको सम्भावना बढेको हो ।

जसपा र एमालेका नेताहरु सीट भागबण्डा टुङ्ग्याउन बैठकमा जुटिरहेका बेला लोसपा नेताहरु सत्ता गठबन्धनको बैठक स्थल बालुवाटार पुगेका छन् ।

सत्तारुढ गठबन्धनको प्रमुख घटक जसपा एमालेसँग सीट बाँडफाँटको अन्तिम तयारीमा रहेकै बेला लोसपा नेताहरु बालुवाटार पुग्नुलाई राजनीतिमा नयाँ सहमतिको प्रयासको रुपमा बुझिएको छ ।

लोसपा नेताहरु शरदसिंह भण्डारी,अनिलकुमार झा,जितेन्द्र सोनालसहितको टिम अहिले बालुवाटारमा छन्।

प्रकाशित मिति: १६:२२ बजे, शुक्रबार, असोज २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्