Kathmandu Press

उम्मेदावारी दर्ता १८ प्रतिबद्धतामा हस्ताक्षर गर्नुपर्ने

निर्वाचन आयोगले तयार पारेको निर्देशिकामा मनोनयनसँगै १८ बुँदे स्वघोषणा पत्रमा पनि हस्ताक्षर गर्नुपर्ने उल्लेख छ ।
उम्मेदावारी दर्ता १८ प्रतिबद्धतामा हस्ताक्षर गर्नुपर्ने

काठमाडाैं, असाेज २१ : संघीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा १८ वटा प्रतिबद्धता पनि हस्ताक्षर गर्नुपर्ने भएको छ। प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आइतबार मनोनयन दर्ता हुँदै छ।

निर्वाचन आयोगले तयार पारेको निर्देशिकामा मनोनयनसँगै १८ बुँदे स्वघोषणा पत्रमा पनि हस्ताक्षर गर्नुपर्ने उल्लेख छ ।

उम्मेदवारले मनोनयन पत्रका साथमा नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको प्रतिबद्धता जनाउनुपर्नेछ भने उम्मेदवारहरुले आफू २५ वर्ष पुरा भएको भएको नेपाली नागरिक हुँ भनी घोषणा गर्नुपर्ने छ।

‘निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्ध रहेको हुनुपर्ने छ’, निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण पत्रमा भनिएको छ, ‘नेपालको संविधान, कानून र निर्वाचन ऐन नियम भित्र रही निर्वाचनमा भाग लिन प्रतिबद्ध रहेको हुनुपर्ने छ ।’

प्रकाशित मिति: १५:४७ बजे, शुक्रबार, असोज २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्