Kathmandu Press

सकियो १३ औँ साग, यी हुन् नेपालले जितेका ५१ स्वर्ण 

काठमाडौं, मंसिर २४ : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सफलतापूर्वक सकिएको छ। 

मंगलबार सकिएको १३ औँ सागमा नेपालले ५१ स्....

सकियो १३ औँ साग, यी हुन् नेपालले जितेका ५१ स्वर्ण 

काठमाडौं, मंसिर २४ : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सफलतापूर्वक सकिएको छ। 

मंगलबार सकिएको १३ औँ सागमा नेपालले ५१ स्वर्ण पदक जितेर सन् १९९९ मा काठमाडौमै भएको आठौं सागमा जितेको ३१ स्वर्णको रेकर्ड तोड्न सफल भयो।  

तेह्रौँ सागमा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रह्यो। नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०५ पदक जित्यो।  अन्तिम दिन मगलबार पुरुष फुटबलमा भूटानलाई २–१ गोलले हराउँदै स्वर्ण जित्दा बक्सिङमा सनिल शाहीले स्वर्ण पदक दिलाएका थिए। सागमा समावेश २६ खेलमध्ये नेपालले २५ खेलमा पदक जितेको छ। नेपाल सुटिङमा भने पदकविहीन रह्यो। 

सागमा पौडीकी गौरिका सिंहले चार स्वर्णसहित ९ पदक जित्दै कीर्तिमानी खेलाडी बनिन्। भारत १७४ स्वर्ण, ९३ रजत र ४५ कास्यसहित कूल ३१२ पदक जित्दै पदक तालिकाको शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा रहन सफल भयो। 

श्रीलंका ४० स्वर्ण, ८३ रजत र १२८ कास्यसहित कूल २५१ पदक जित्दै तेस्रो, पाकिस्तान ३१ स्वर्ण, ४१ रजत र ५९ कास्यसहित कूल १३१ जितेर चौथो, बङ्गलादेश १९ स्वर्ण, ३२ रजत र ८७ कास्यसहित कूल १३८ पदक जितेर पाँचौँ, माल्दिभ्स एक स्वर्ण र चार कास्य गरी कूल पाँच पदक जित्दै छैटौँ तथा भुटान सात रजत र १३ कास्यसहित कूल २० पदक जित्दै साग पदक तालिकाको अन्तिम स्थानमा रह्यो ।

यी हुन् नेपालले जितेका ५१ स्वर्ण पदक  :

१. कराँते (एकल काता) मण्डेकाजी श्रेष्ठ

२. कराँते (टिम काता, पुरुष) मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराँते (टिम काता, महिला) निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराँते (५५ केजी) लक्ष्मण तामाङ

५.कराँते(८४ केजीमाथि) (विप्लवलाल श्रेष्ठ

६.कराँते (४५ केजीमुनि) कुसुम खड्का

७.कराँते (५० केजीमुनि) अनु अधिकारी

८.कराँते (६७ केजीमुनि)नवीन रसाइली

९.कराँते (६८ केजी) सुनिता महर्जन

१०. कराँते (६८ केजी) अनुपमा मगर

११.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) कमल श्रेष्ठ

१२.तेक्वान्दो पुम्से ( १७–२३ वर्ष ) सिना मादेन लिम्बु

१३.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) पार्वती गुरुङ

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) आयशा शाक्य

१५.तेक्वान्दो पुम्से (२९ वर्ष माथि युगल) आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१६.पुम्से महिला टिम (१७–२३ वर्ष) निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१७.पुम्से महिला टिम (२३(२९ वर्ष) निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई

१८. तेक्वान्दो (४६ केजीमुनि) काजल श्रेष्ठ

१९. तेक्वान्दो (६८ केजीमुनि) वीरबहादुर महरा

२०.ट्रायथलन सोनी गुरुङ

२१.डुवाथोलन हिमाल टमाटा

२२. उसु (थाउलो) विजय सिन्जाली

२३. उसु (थाउलो) सुस्मिता तामाङ

२४. उसु (थाउलो) (दीपक हमाल)

२५.एथलेटिक्स (१० हजार मिटर) सन्तोषी श्रेष्ठ

२६. साइक्लिङ (डाउनहिल) राजेश मगर

२७. साइक्लिङ (डाउनहिल) निश्मा श्रेष्ठ

२८. तेक्वान्दो (६२ केजीमुनि) संगीता बस्याल

२९. तेक्वान्दो (८७ केजी ) सक्षम कार्की

३०. उसु (थाउलो–नान्दौ) निमा घर्तीमगर

३१. साइक्लिङ (क्रस कन्ट्री) लक्ष्मी श्रेष्ठ

३२. साइक्लिङ (क्रस कन्ट्री) बुद्धिबहादुर तामाङ

३३. पौडी (२०० मिटर फ्रिस्टाइल) गौरिका सिंह

३४. तेक्वान्दो (८७ केजी) भुपेन श्रेष्ठ

३५. भारोत्तोलन (५९ केजी) सन्जु चौधरी

३६. उसु (५६ केजी) जुनी राई

३७. एथ्लेटिक्स (५ हजार मिटर दौड)  गोपीचन्द्र पार्की

३८. गल्फ (एकल)  सुवास तामाङ

४९. गल्फ (टिम) सुवास श्रेष्ठ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ

४०. पौडी (२०० मिटर ब्याकस्ट्रोक) गौरिका सिंह

४१. भारोत्तोलन (८९ केजी) विकास थापा

४२. संगिता धामी (५५ केजी) कुस्ती

४३. किरण सिंह बोगटी (म्याराथन)

४४. गौरिका सिंह (४ सय मिटर फ्रिस्टायल)

४५. देविका खड्का (५२ केजी) जुडो

४६. मिनु गुरुङ (५४ केजी) बक्सिङ

४७. भुपेन्द्र थापा (६४ केजी) बक्सिङ

४८. पुनम श्रेष्ठ (७८ केजी) जुडो

४९. गौरिका सिंह (पौडी) १०० मिटर फ्रिस्टायल

५०.सनिल शाही (६० केजी) बक्सिङ

५१. पुरुष फुटबल टिम 


 

प्रकाशित मिति: २१:४२ बजे, मंगलबार, मंसिर २४, २०७६