गठबन्धनको बैठक जारी, जसपा अनुपस्थित
मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन शीर्ष नेताहरु बिहानैदेखि छलफलमा जुटेका हुन् ।
काठमाडौं, असोज २१ : सत्ता गठबन्धनको बैठक जारी छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहानदेखि सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरु छलफलमा छन् ।
मंसिर ४ गते हुने संघीय निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन शीर्ष नेताहरु बिहानैदेखि छलफलमा जुटेका हुन् ।
आजको बैठकमा जनता समाजवादी पार्टी (जसपा) अनुपस्थित भएको छ । गठबन्धनमा सिट बाँडफाँटमा चित्त नबुझेपछि जसपाले गठबन्धन छाडेर एमालेसँगको छलफल अगाडि बढाएको छ ।
बिहीबार गठबन्धनको बैठक चलिरहँदा जसपा अध्यक्ष उपेन्द्र यादव बालकोट पुगेर ओलीसँग छलफल गरेका थिए ।
गठबन्धनबाट जसपा बाहिरिएपछि प्रधानमन्त्री शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्ट रहेका उपेन्द्र यादवलाई गठबन्धनमा फर्काउने प्रयास गरेका छन् ।
प्रकाशित मिति: ११:२४ बजे, शुक्रबार, असोज २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1786106234.jpg)




-1786106234.jpg)




